
उदयराज अधिकारी
भदौ २४, दैलेख
चितुवाको छाला सहित एक ब्यक्ति पक्राउ परेका छन् । अक्षाम जिल्ला तुर्माखाद गाउँपालिका वडा नं. ८ का १८ वर्षिय नविन धमलालाई कर्णाली प्रदेश प्रहरीको बिशेष टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुर प्रसाद पोखरेलले बताए । धमलाले दुर्लभ वन्य जन्तुको छाला ओसार पसार गरी बिक्रि बितरण गर्ने लागेको सूचना पाएपछि प्रहरीले खोजी गरेको थियो ।
धमलालाई दैलेखको आठबिस नगरपालिका राकमकर्णाली बजारबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय दैलेखमा ल्याई अनुसन्धान गरिरहेको र आजै थप गरी अनुसन्धानका लागि जिल्ला वन कार्यालय दैलेखलाई बुझाउने तयारी गरेको प्रहरी प्रमुख पोखरेलले बताए । राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को उपदपाm ५ बमोजीजिम संरक्षित वनमा चोरी निकासी गरी चितुवाको छाला बिक्रि गर्न लिन खोजेको कसुरमा २० दखि ५० हजार रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुबै सजाय हुन सक्ने कानुनी ब्यबस्था छ । छाला सहित पक्राउ परेका धमलाको टिममा को के संलग्न छन् भन्ने खोजी कार्य तिब पारिएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिए ।









